अन्तरीक्षबाट खिचिएका विचित्र टापु (फोटोफिचर)

Monday, September 2, 2013

1
यी तस्वीरहरु हेर्दा अचम्म लाग्छ । आखिर के चिजका तस्वीर होलान् यी ? भन्ने जिज्ञासा समेत उत्पन्न हुन्छ । यी तस्वीरहरु अन्तरीक्षबाट खिचिएका हुन् । यी तस्वीर कुनै हावाको फोकाका तस्वीर होइनन् । यी विश्वका नामूद टापुहरुका तस्वीर हुन् । विभिन्न भु उप्रगहले खिचेका विश्वका विभिन्न महासागरमा अवस्थित यी टापुहरुका यस्ता बिहंगम तस्वीर सायदै यसभन्दा पहिले देख्न पाइएको थियो होला ।
अस्ट्रेलियाको हेरोइन टापु

अमेरिकाको हवाइ टापु
2
मोजाम्बिकको जुआन डी नोभा टापु
3
फ्रेन्च पोलिनेसियाको बोराबोरा टापु
4
हवाइ टापुको अर्को रोमाञ्चक दृश्य
5
अस्ट्रेलियाको कोरल टापु
6
टापुको देश बहमासको दृश्य
7
दुवइस्थित मानव निर्मित टापु
8
हिन्द महासागरस्थित इल ग्लोरियस तथा इल दु लिस टापु
9
किरिबाटीको निकोमारोरो टापु
10
प्रशान्त महासागरस्थित डुसी टापु
11
क्यानडाको एकिमिस्की टापु
12
मिक्रोनेसियाको नुकुरो एटोल
13
अमेरिकाको क्यानरी टापु
14
ज्वालामुखी टापु अनक क्राकाटाउको दृश्य
15
पपुवा न्युगिनीको लामो टापु
16
प्रशान्त महारागरको निकोमारोरो टापुको अर्को दृश्य
17
प्रशान्त महासागरको वेक टापु
18
क्यानडाको अकिमिस्की टापु
19
इण्डोनेसियाको पालुवेह ज्वालामुखी टापु
20
स्पेनको टेनेरिफ टापु
21
कुक आइल्याण्ड देशमा पर्ने राराटोंगा टापु
22
स्पेनको क्यानरी टापु 
23

Source : Onlinekhabar


११ सय फिटमाथिबाट हि्वलचेयरमा हुत्तिँदा (फोटोफिचर सहित)

Saturday, August 31, 2013

हिम्मत भयो भने केही कुराले रोक्दैन भन्ने कुराको सही उदाहरण क्यानडाका एक जना व्यक्तिले पेश गरेका छन् । क्यानडाका एक ४८ वर्षीय अपांग पुरुषले हि्वलचेयरमा बसेर चीनको अझाइ पुलको ११ सय फिट उचाइबाट हाम फालेका छन् ।
लोन्नी बिसोनेट नामक ती पुरुषले पुलबाट हाम फाल्दा ८० माइल प्रतिघण्टाको बेगमा तल हुत्तिएका थिए । अलि तल झरेपछि प्यारासुटमार्फत उनी सकुसल भुइँमा ओर्लिए । यसअघि यस्तै साहसिक जम्प गर्दा भएको दुर्घटनाका कारण हिँडडुल गर्न नसक्ने तथा बाँया हात समेत चलाउन नसक्ने अवस्थाका बिसोनेटको हिम्मत अझै कम भएको छैन । बेस जम्पिङले आफुलाई निकै रमाइलो अनुभुति गराउने र यस्तो आनन्द आफुले अरु कुनै चिजबाट नपाउने उनी बताउँछन् । उनले यसअघि पनि विभिन्न डरलाग्दा ठाउँबाट हाम फालेर सबैलाई चकित बनाइसकेका छन् ।
1
2
3
4
5
6
7
8

Source : Onlinekhabar

४६ वर्षे आमाका सय वर्षे छोराको दुखद कहानी (फोटो फिचरसहित)

Friday, August 30, 2013

Source : Onlinekhabar
बुढो हुन कसैलाई पनि मन लाग्दैन । तर उमेर चढ्दै गएपछि बुढो हुनु प्राकृतिक नियम हो । उमेर पाकेपछि बुढो हुनु सबैको नियति भएकाले कसैले गुनासो गर्ने ठाउँ छैन । तर कोही मान्छे किशोर अवस्थामै बुढो भयो भने के होला ? भारतका एक किशोर १४ वर्षकै उमेरमा १ सय वर्षका जस्ता बुढा भएका छन् ।
1
2१४ वर्षका अलि हुसैनको सरीर ११० वर्षको जस्तै बुढो भैसकेको छ । उनका बुवा नाबी ५० वर्षका मात्रै छन् भने आमा राजी ४६ वर्षकी छिन् । बिहारका यी किशोर वृद्धलाई प्रोजेरिया भन्ने रोग लागेका कारण यस्तो भएको हो । विश्वमा यस्तो रोगबाट पीडित मान्छे केवल ८० जनामात्र छन् । यो रोग लागेपछि मान्छेको उमेर ८ गुणा बढि जस्तो देखिन्छ । हुसैनका अन्य पाँच जना दाजु दिदीहरु यहीँ रोगका कारण मरिसकेका छन् । तर अरु दुइ दिदीबहिनी भने जिउँदै छन् र उनीहरु सामान्य छन् ।
यो रोगबाट पीडित मान्छेहरु जन्मेको १४ वर्षभन्दा बढि बाँच्दैनन् । तर हुसैन भने मृत्युलाई चुनौति दिँदै अझै बाँचिरहेका छन् । यो रोग निकै दुर्लभ वंशाणुजन्य रोग हो । यो रोगमा केवल बुढोपना मात्र हुँदैन बाथ, आँखा सम्बन्धि समस्या, मुटु सम्बन्धि समस्या तथा पुड्कोपन जस्ता अनेक रोग गाँसिएका हुन्छन् ।
3
हुसैनकी आमा राजीले आफ्ना पाँच सन्तान यहीँ रोगका कारण गुमाइसकेकी छिन् र छैटौँ सन्तानको काल पर्खिरहेकी छिन् । उनका चार जना सन्तान १२ देखि २४ वर्षको बीचमा परलोक भ एभने पाँचौ सन्तान जन्मेको २४ घण्टामै मर्यो । बाँचेकी मध्ये जेठी छोरी २० वर्षकी छिन् र बिहेबारी गरेर बच्चा समेत पाइसकेकी छिन् । अर्की स्वस्थ छोरी १० वर्षकी भइन् । राजीका लोग्ने नाबी हुसैन बिहारको एक कम्पनीमा गेटपालेको काम गर्छन् र मासिक २ हजार भारु कमाउँछन् । डाक्टरहरुले आफ्ना छोराछोरीको रोगबारे आफुहरुलाई कहिल्यै नबता
एको र अन्धकारमा राखेको नाबी बताउँछन् ।
54

कस्तो बाख्रो ? घाँस होइन कुखुराका चल्ला खाने

Sunday, February 3, 2013


बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ ।
यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो ।
सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ ।
Courtesy: onlinekhabar.com

सबैभन्दा दुब्ली महिलाको कस्तो व्यथा !!!(फोटोफिचर सहित)

Monday, December 24, 2012


‘किन रोइस् मंगले आफ्नै ढंगले’ भन्ने उखानै छ । ढंग नपूराउँदा वा लहलहैमा लाग्दा कहिलेकाहीँ ठूलै ठक्कर खाइन्छ र त्यो पीडा जिन्दगीभरलाई हुन्छ । यस्तै भएको छ, भेलेरिया लेभिटिनलाई पनि ।
रुसकी यी महिला हाल मोनाकोमा बस्छिन् र यी विश्वकी सबैभन्दा दुब्ली महिला हुन् । उनलाई आफुले दुब्लोपनमा किर्तिमान राखेकोमा गर्व महसुस हुनुपर्ने हो । तर उनलाई आफ्नो लुरे जिउ देख्दा रुने मन लाग्छ ।
३९ वर्षकी भेलेरिया ५ फुट ८ इन्च उचाइँकी छिन् । यति उचाइएको व्यक्तिको साधारण वजन ५५ देखि ७५ किलोसम्म हुनुपर्छ । तर विडम्वना उनको वजन जम्मा २५ किलो मात्र छ ।
उनको सरीर यसो हुनुको कारण वास्तवमा उनीमा रहेको स्वास्थ्य समस्या हो । उनलाई किशोरावस्था देखि नै खाना खानै मन नलाग्ने इटिंग डिस्अर्डर नामको स्वास्थ्य समस्या थियो जसले उनको जिन्दगी नै बर्बाद पारिदियो । भोक नलाग्नु सबैभन्दा ठूलो सत्रु भएको उनको ठम्याइ छ ।
आफ्नो यस्तो हालत हुनुमा उनले आफ्नी आमालाई पनि दोष दिन्छिन् । आफ्नी आमाले बच्चामा आफुसँग झुटो बोल्ने गरेको र आफु दुब्ली हुँदा पनि निकै मोटो भएको भन्ने गरेको उनी सम्भिmन्छिन् । छोरी मोटाइ भनेर आमाले आफुलाई कम खाना खान दिएको घटना पनि उनलाई याद रहेछ ।
१६ वर्षकी छँदा उनको वजन ६० किलो रहेछ । त्यसपछि उनी आमाबाबुसँगै अमेरिकाको शिकागो आइन् । त्यहाँ आएपछि उनी नयाँ स्कुलमा भर्ना हुन चाहन्थिन् । नयाँ स्कुलमा आफु स्लिम बनेर गएमा धेरै केटाले आँखा मार्ने लोभ उनमा जाग्यो ।
त्यसपछि उनले जिउ घटाउन डाइटिङ सुरु गरिन् । उनले निकै कम खाना खान थालिन् र आफ्नै जिउमाथि अत्याचार गरिन् ।
२३ वर्षकी हुँदा उनले मोडेल बन्ने बारेमा सोँचिन् । तर मोडेल बन्न निकै स्लिम हुनुपर्ने तर आफु आवश्यकता भन्दा बढि मोटो भएको भ्रम उनमा पर्यो । खाना निकै घटाउने क्रमलाई जारी राख्दै गर्दा २४ वर्षको उमेरमा उनको तौल साढे ३७ किलोमा झर्यो । त्यसपछि सुरु भए उनका दुखका दिन । निकै कम तौल भएको भन्दै उनलाई कलेजमा शिक्षकहरुले नाच्नमा प्रतिबन्ध लगाए ता की दुब्ली भएकाले लडेर उनलाई चोट नलागोस् ।
एक समय त उनी झण्डै मृत्युको मुखमा पुगिन् । उनको वजन १९ किलोमा झर्यो । डाक्टरहरुले ठूलो प्रयास गरेपछि उनलाई बचाउन त सफल भए तर उनको वजन बढाउन भने खासै सकिएन । उनले अहिलेपनि खासै खाना खान सक्दिनन् र पच्दैन पनि । उनले विभिन्न भिटामिनका चक्की तथा विशेष प्रकारको खाना खाएर प्राण धानिरहेकी छिन् । उनलाई आफ्नो देश रुस गएर ढुक्कले बस्ने र कसैको शुक्रकिट लिएर बच्चा पाउने इच्छा छ । तर उनको सरीर यस्तो छ की उनले बच्चा पाउन सक्ने सम्भावना लगभग शून्य छ ।
खानै नखाई स्लिम बन्न चाहने अहिलेका तरुनीहरुका लागि वास्तवमा भेलेरियाको जिन्दगी एउटा पाठ पनि हो ।
 

बिग्रेको बाइकबाट कस्ता कस्ता कुकुर ? (फोटोफिचर सहित)

Monday, December 17, 2012


मान्छेको कला विचित्रकै हुन्छ । इजरायली कलाकार निरित लेवावको कला पनि विचित्रकै छ । उनले पूराना काम नलाग्ने वस्तुबाट निकै मनमोहक तथा विचित्रका कलाकृति बनाउँछिन् ।
पछिल्लो पटक उनले मोटरसाइकलका फ्याँकिएका सरसामानको प्रयोग गरी मानिसको प्यारो जन्तु कुकुरका सुन्दर मूर्तिहरु बनाएकी छिन् ।
कुकुरको निर्माण गर्न उनले कवाडी मोटरसाइकलको चेन, पाइदल, गेयर्स तथा सिट जस्ता सामानको प्रयोग गरेकी छिन् ।

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger