कम्प्युटरमा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?

Thursday, April 4, 2013


हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ ।
त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :
  • पिसीको गति निकै धिमा हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै धिमा हुन थाल्छ ।
  • इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।
  • कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ ।
  • इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।
  • अनावश्यक वा चिन्दै नचिनेका वा अप्रासंगिक इमेल आउनु, फेसबुक वालमा आफुले पोष्ट गर्दै नगरेका कुराहरु पोष्ट हुनु ।
कसरी जोगिने ?
  • पेनड्राइभ ल्यापटपमा घुसाउँदा सुरुमा भाइरस स्क्यान गरिसकेपछि मात्र खोल्नुहोस् ।
  • तपाइँको इमेलमा आएको वा अरु कुनै साइट खोल्दा ध्यान दिनुहोस् । यदि उक्त वेबसाइट आधिकारिक वा सुरक्षित हो भन्नेमा तपाइँ ढुक्क हुनुहुन्न भने त्यसमा क्लिक नगर्नुहोस् ।
  • इमेल तथा सोसल नेटवर्कमा पठाइएका विभिन्न खाले बधाइ तथा शुभकामना लगायतका शंकास्पद इमेल खोल्ने तथा त्यसमा दिइएका लिंक ओपन गर्ने गर्नुहुँदैन । त्यस्ता शंकास्पद इमेललाई सोझै डिलिट गर्नुहोस् ।
लिंक सुरक्षित हो वा भाइरस जन्य हो भन्ने कुरा कसरी थाहा पाउने ?
  • तपाइँलाई पठाइएको वा लगअन गर्न खोजेको साइटको लिंक युआरएल निम्न लिंक safeweb.norton.com र siteadvisor.com मा गएर टाइप गर्नुहोस त्यसपछि त्यो साइट सुरक्षित हो की भाइरसजन्य हो थाहा हुन्छ ।
courtesy: onlinekhabar.com 

CREATE BOOTABLE WIDWOS 7,VISTA,XP USB FLASH/PEN DRIVE

Thursday, January 17, 2013

Requirements to create bootable Windows USB: 
# Windows 7 or Vista ISO 
# Pen drive with 4GB+ (2 GB is sufficient for XP) 
# 15 Minutes of free time 

Procedure: 
1. Insert your USB flash/pen drive to your system and backup all the data from the USB as your USB drive will be formatted during the process. 
2. Now download software WinToFlash tool (free).(FROM google) 
3. Run the tool, and browse to your Windows 7, Vista, or XP DVD files (make sure that your USB drive letter is correct). 
4. Click Create button to begin the bootable USB process. Wait for few minutes to see the bootable USB. 
5. That’s all! 

How to Copy Text From Any Image


How to Copy Text From Any Image
Do you need certain information in the form of text from scanned copies of documents.Either you can write the whole text by typing or you can use an OCR software.OCR (optical Character recognition) is method to extract text from images.It can recognise handwritten,printed or typewritten text and can reproduce them into editable word ortxt format. These OCR software also preserve the formmating of the orignal scanned document into converted document.They are not 100% accurate and the converted document still requires some editing.But it is better to use an OCR software and do some editing rather to type the whole Doument.

if you have microsoft office installed in your computer then you won’t need any other third-party software as you can useMicrosoft Office OneNote to copy text from image.
Trick to Copy Text From Any Image

For this you have toinstall MS-Office on your system. Now openMicrosoft Office OneNote (Start–>All Programs–>Microsoft Office–>Microsoft Office OneNote). Drag and Drop the image in the MS-OneNote window from which you want copy the text. NowRight-Click on the image and selectCopy Text From Picture option.

OpenNotepad orMS-Office (where you want save the text) andpaste the content there. Now you have the whole text in your notepad or Ms-Office.You can edit or format it and save only the required excerpt.

कम्प्युटर योगा कसरी गर्ने ?

Tuesday, January 1, 2013


दिनभरी कम्प्युटरमा काम गर्दागर्दै हैरान हुनुभएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि उब्जिएका होलान् । तर चिन्ता नलिनुस् तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ जसले तपाइँलाई स्फूर्ति प्रदान गर्ने मात्र होइन स्वास्थ्य समस्या पनि दूर गरिदिन्छ ।
हो, कम्प्युटरको कामबाट केही मिनेट ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ । केवल पाँच मिनेटको कम्प्युटर योगा तपाइँलाई स्वस्थ राख्न पर्याप्त हुनेछ ।
कसरी गर्ने कम्प्युटर योगा ध्यान ?
एकछिन कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् ।
तपाइँलाई अनुकुल हुने वा सधै सम्भिmरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् ।
आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् ।
आफ्नो जिवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् ।
मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् ।
केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ । त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ ।
यो कम्प्युटर ध्यान योगा तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ । दिनमा दुइ तिन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ । एजेन्सी

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger