हरियो प्याज : क्यान्सर देखि दम सम्मको औषधि

Wednesday, September 11, 2013

तरकारीलाई स्वादिलो बनाउन तथा सलादकै रुपमा पनि प्याजको प्रयोग अत्यधिक हुन्छ । प्याज केवल स्वादका लागि मात्र नभै यसका विभिन्न खाले लाभकारी गुण समेत हुन्छन् ।
आज हामीले हरियो प्याज अर्थात् प्याजको बोटको सेवन गर्दा कस्ता कस्ता फाइदा पाउन सकिन्छ ? भन्ने विषयमा केही जानकारी प्रस्तुत गरेका छौँ : 
onionहरियो प्याजको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै कोलेस्टेरोलको अक्सिकरण लाई समेत न्यूनिकरण गर्छ । हरियो प्याजमा सल्फरको मात्रा पर्याप्त हुन्छ, जुन सरीरमा रक्तचाप सन्तुलनका लागि आवश्यक हुन्छ । हरियो प्याजमा क्रोमियम तत्व पाइन्छ । यसले मधुमेहको जोखिम घटाउनुका साथै मधुमेहका रोगीलाई समेत फाइदा गर्छ । यसको मद्दतले ब्लड सुगर नियन्त्रण गर्छ । प्याजमा पाइने एलिल प्रोपल डिसल्फाइडले रगरतमा रहेको चिनीको मात्रा कम गर्छ । चिसो लागेको छ ? यति त्यसो हो भने तरकारीलाई हरियो प्याजले झानेर खानुहोस् । यसो गर्दा चीसो तथा रुघाखोकी ठीक हुन्छ । प्याजले सरीरमा ब्याक्टेरिया प्रतिरोधी गुणको विकाश पनि गर्छ । प्याजको नियमित सेवनले पाचन प्रक्रियामा पनि सुधार ल्याउँछ । हरियो प्याजमा पेक्टिन भन्ने तत्व पाइन्छ । यसले पेटको क्यान्सरको जोखिम कम गर्छ । प्याजको नियमित सेवनले रोग प्रतिरोधी क्षमतामा विकाश गर्छ । प्याजमा एन्टी इन्फ्लामेटरी तथा एन्टी हिस्टामाइन गुण हुन्छ । यसले सरीरमा गाँठागुठी आउने समस्या कम गर्नुका साथै दमका रोगीलाई पनि लाभ प्रदान गर्छ । प्याजले सरीरको उपापचयन प्रक्रिया नियमित गर्नुका साथै सरीरमा अत्यावश्यक लवण तथा पोषक तत्वको स्थीरिकरण गर्छ । प्याजको सेवनले आँखाको दृश्य क्षमतामा वृद्धि गर्छ । प्याजको सेवनले अनुहारमा आउने चाउरीपन तथा कालो पोतो कम गर्छ ।
साभार : onlinekhabar

हृदयाघात के हो ? कसरी बँच्ने ?

Thursday, April 4, 2013


मुटु सम्बन्धि रोग विश्वमा मानिसको ज्यानै लिने सबैभन्दा घातक रोग हो । मुटु सम्बन्धि प्राणघातक समस्या मध्ये हृदयाघात मुख्य मानिन्छ । हृदयाघात कुनैपनि उमेरका मानिसलाई हुनसक्छ । तर उमेर जति छिप्पिँदै गयो यसको जोखिम उति नै बढि हुन्छ ।
heart_attack_symptoms
धेरै मानिसहरुको हृदयाघात भएपछि अस्पताल पुग्नुभन्दा पहिले नै मृत्यु भैसकेको हुन्छ, किनकी उनीहरुले हप्ता वा महिना दिन अगाडिबाट देखिएका विभिन्न खतराका लक्षणलाई ध्यान दिएका हुँदैनन् वा त्यस्ता लक्षण पहिचान गर्न सक्दैनन् । यदि हृदयाघातका प्रारम्भिक लक्षणको बारेमा जानकारी पाउनेहो भने हृदयाघात नहुँदै मुटुरोगको उपचार गरी जिवन रक्षा गर्न सम्भव हुन्छ । आज हामीले हृदयाघात हुने लक्षण के के हुन् ? र कसरी बँच्ने भन्नेबारेमा केही टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।
के हो हृदयाघात ?
मुटुसम्म रगत पूराउने एक वा बढि धमनीमा बोसो जम्नु वा अरु कुनै कारणले रक्त प्रवाह अवरुद्ध हुन्छ । रक्तप्रवाह रोकिएपछि मुटुका मांशपेशीमा अक्सिजनको कमी हुन्छ । त्यसपछि मुटुका मांशपेशीले आफ्नो नियमित खुम्चिने र फैलिने काम गर्न सक्दैनन्, त्यो नै हृदयाघात हो ।
हृदयाघातका लक्षण
  •  छातिकको बीचमा वा बायाँतर्फ दुख्नु । यस्तो दुखाइ अचानक वा पटक पटक हुने ।
  •  गर्धन, कम्मर, काँध तथा बंगारामा समेत दुखाइ महसुस हुनु ।
  •  छालाबाट चिल्लो पदार्थ धेरै निस्कनु ।
  •  छातिमा जलन महसुस हुनु ।
  •  असामान्य थकान महसुस हुनु ।
  •  बढि पसिना आउनु, बान्ता हुनु ।
  •  मुटुको गति तिब्र हुनु र सास फेर्न समेत गाह्रो हुनु ।
  •  लगातार केही महिनादेखि छातिमा दुखाइको महसुस हुनु पनि हर्ट अट्याकको लक्षण हो ।
हृदयाघातबाट बच्न के गर्ने ?
  •  तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस् ।
  •  नुन कम खानुहोस् ।
  •  आफ्नो वजन सन्तुलित राख्नुहोस् ।
  • हरेक दिन नियमित रुपमा कम्तिमा आधा घण्टा हिडडुल गर्नुहोस् ।
  • योगा तथा व्यायाम नियमित गर्नुहोस् ।
  •  भोजनमा रेशादार खानेकुरा समावेश गर्नुहोस् ।

हर्ट अट्याकको खतरा कम गर्न यी खानेकुरा नियमित खानुहोस् :
१.प्याज : यसको नियमित सेवनले रक्तप्रवाह ठीक राख्दछ, मुटुको धड्कन सन्तुलित गर्न मद्दत गर्दछ । मुटुरोगको जोखिम कम गर्दछ ।
२.गोलभेँडा : यसमा पाइने भिटामिन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामिन ए तथा पोटासियम तत्वले विभिन्न खाले मुटु रोगको जोखिम घटाउँछ ।
३.लसुन :  खाली पेटमा विहान दुइ केश्रा लसुन पानीसँग चपाएर नियमित खाने गर्नुहोस् ।
४.गाजर : गाजरको रस पिउनु, सलादको रुपमा खानु वा अचार तथा तरकारी जे खाए पनि यो मुटुको लागि निके लाभदायक हुन्छ ।
courtesy: onlinekhabar.com

पुदिना खानुका फाइदै फाइदा

Wednesday, April 3, 2013


पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । 
6271_pudinal
सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हर्ुकाउन सकिने पुदिनामा गर्मी खप्ने क्षमता हुन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन् :
अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।
निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।
एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।
ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ ।
अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।
सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।
खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ ।
झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ ।
न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।
साभार : Onlinekhabar.com 

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger