Home » » कम्प्युटर योगा कसरी गर्ने ?

कम्प्युटर योगा कसरी गर्ने ?

Written By kisan on Tuesday, January 1, 2013 | 1:57 AM


दिनभरी कम्प्युटरमा काम गर्दागर्दै हैरान हुनुभएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि उब्जिएका होलान् । तर चिन्ता नलिनुस् तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ जसले तपाइँलाई स्फूर्ति प्रदान गर्ने मात्र होइन स्वास्थ्य समस्या पनि दूर गरिदिन्छ ।
हो, कम्प्युटरको कामबाट केही मिनेट ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ । केवल पाँच मिनेटको कम्प्युटर योगा तपाइँलाई स्वस्थ राख्न पर्याप्त हुनेछ ।
कसरी गर्ने कम्प्युटर योगा ध्यान ?
एकछिन कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् ।
तपाइँलाई अनुकुल हुने वा सधै सम्भिmरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् ।
आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् ।
आफ्नो जिवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् ।
मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् ।
केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ । त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ ।
यो कम्प्युटर ध्यान योगा तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ । दिनमा दुइ तिन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ । एजेन्सी

0 comments:

Post a Comment

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger