कार्यक्रम : रेडियो वाचन (RADIO BACHAN)
कृति : झोला
लेखक : कृष्ण धराबासी
विधा : उपन्यास
प्रशारित रेडियो : RADIO HBC
बाचक : अच्युत घिमिरेरेडियो कार्यक्रम ‘रेडियो वाचन’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज कृष्ण धराबासीको चर्चित उपन्यास ‘झोला’ नामक गद्य श्रृखला प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : Part 1
Listen : Part 1
कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् । घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् ।
त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा एकहोरो हुनु भयो, नारीहरु सबै मेरी आमालाई र मलाई सहानुभुतीको नजरले हेरिरहेकाथिए । त्यहाँ उपस्थित नारीहरु आफ्ना श्रीमान का आँखामा आफ्नो आयु खोजिरहेका थिए । सबैजना सती बिधि गर्न व्यस्त थिए, मेरो कुरा कसैले सुनेन, मेरी आमालाई जिउँदै जलाउने भए, सती को नाम मा । लाश लिएर मलामी घाटतिर लागे, आमालाई श्रृंगार गराएर लाश सँगै हिँडाए । तमोर नदि को घाटमा बाहुन सती बिधि गर्न थाले, बिधि पुरा भएपछि, मेरी आमालाई चिता माथि राखे, अनि आमा को काखमा मेरो बाबुको टाउको राखियो, ठूल्दाजुले चिता मा आगो लगाउनुभयो । यसरी मेरी आमा लाई मेरो मरेको बाबुसँगै जिउँदै जलाएर खरानि बनाए, अब म टुहुरो भएँ ।
दिनहरु बित्दै थिए, म दिनहुँ गाईवस्तु चराउन जान्थेँ, एक दिन अचानक मैले मेरी आमालाई जंगलमा भेटेँ । जलाइसकेकी मेरी आमा कसरी जिउँदै भइन्... यदी यसकथा को पात्र ले आफ्नी आमालाई भेटेकै भएपनि, के त्यो समाज ले उनको आमालाई बाँच्न देला त ? सती गइसकेकी आइमाईलाई कसैले घरमा आश्रय देलान् त ? जलेर खरानी भइसकेको मान्छे, जिवित हुन सक्ला त ? जवाफ को लागि तपाईले यो रेडियोवाचन को पुरै अंक सुन्नुपर्नेछ ।
धारावासी का कथाहरुमा नारीवादी दृष्टिकोण पाइने गरिएको छ । यस कथामा सतिप्रथा को चर्चा गरिएको छ, अनि सतिप्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर को पनि सम्झना गरिएको छ । एउटा कारुणिक र दर्दानाक कालखण्ड को याद यो कथाले गराउँछ । सती को नाम मा जिउँदै जल्नुपर्दा को पिडा यसकथाले प्रस्तुत गरेको छ । जिउँदै जल्नुपर्दा को जस्तो पिडा अरु केही होला त ? म त सम्झिसम्झि झस्किन्छु, यस्तो प्रथा कसले चलाएछ, लोग्ने मरेपछि जिउँदै जल्नुपर्ने । अनि फेरी सोच्नपुग्छु, सतीहरु कसरी जिउँदै चिता मा बस्थे होलान्, उनीहरु को मनोदशा के हुन्थ्यो होला । सोच्दै जाने हो भने, यो दलदल मा फस्दैँ गइन्छ ।
हुन त अहिले सतिप्रथा उन्मुलन भइसकेको छ तर पनि यस्तै किसिमका रुढिवादी चलनहरु नेपाल का कुनाकानी मा अझै व्याप्त छन्, संस्कारका नाउँमा । जेहोस्, सती प्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर लाई हार्दिक धन्यवाद, उनले त्यो बेला पहल नगरेको भए थाहा छैन, अझ कति नारीहरुले सति को नाउँमा जल्नुपर्थ्यो होला । सतीप्रथा को विषयवस्तु र सती को पिडा लेख्नुहुने, कृष्ण धारावासीलाई हार्दिक धन्यवाद ।
साभार : विभिन्न ब्लगहहरु

0 comments:
Post a Comment