एउटा भिन्नै रेडियो कार्यक्रम वहकिने मन
Episode : 68
Host : Mahabir Biswakarma
Time and day : Every Monday 9:15 PM
Phone : 977-01-550982 and 977-01-5526671
Facebook page : www.facebook.com/bahakineman
मुटुभित्र राख्छु जसलाई उसैसँग टक्कर हुन्छ ।
मलाई मात्रै किन यस्तो जतासुकै ठक्कर हुन्छ । ।
जति पढ्न खोजेँ यसलाई, उति बुझ्न गाह्रो भयो
जीन्दगी यो के हो कुन्नि, सँधै घनचक्कर हुन्छ । । ।
(((((((((((छोडी गए पाप लाग्ला, रामकृष्ण ढकाल)))))))))))))))))
यो प्रेम भन्ने चिज पनि यस्तै रै छ, भएपनि ननिदाइने, नभएपनि । भएपनि सुख छैन, अनि नभएपनि । भएन, किन भएन भन्ने चिन्ता, भयो, कसैले खोसिदेला की भन्ने त्रास । यो मान्छेको जात क्यै गरि पनि सन्तुष्ट हुन नसक्ने । मलाई अझै याद छन् ती दिनहरु, जुन दिनहरुमा तिमीसँग क्रमशः क्रमशः नजिकिँदै थिएँ म, बजारको खेलौनामा भुराभुरीहरु झ्याम्मिए जस्तो । तिनताका तिमीलाई देखेको एक झल्को घामले मेरो पूरै दिन घमाइलो हुन्थ्यो । जुन दिन देख्दिनथेँ, मेरो भूगोलमा दिनैभरि रात परिरहन्थ्यो । अनि म दियालो सल्काउन कान्ला नाघेर रेग्मीनि बज्यैको घरमा पुग्ने गाउँलेहरु जस्तै आफैबाट बाहिर निस्किन्थेँ, उज्यालोको खोजीमा ।
मान्छे कहिलेकाहीँ हुँदै नभएको कुराको खोजीमा भौतारिन्छ, अनि कहिले चाहीँ भएको कुरा पनि खोज्न जान्दैन । एककिसिमले त्यस्तै अन्यौलग्रस्त चौबाटाहरु मेरो जीवनमा पनि नआएका होईनन् । हामी बीच नै रहेको प्रेमलाई अदृश्य दुनियाँमा खोज्ने दुष्प्रयास गरिरहेँ मैले । त्यसैले पाउन सकिनँ फगत फोकटमा समयको बर्बादी मात्रै भइरह्यो । आफ्नो जीवनको केही आयु यसरी नै बिताएँ मैले, अझ भनौँ त्यो प्रेम भन्ने चिजको खोजी मै बित्यो केही उमेर, यार्सागुम्बा खोज्न हिमाली भेकमा हुलका हुल ओइरिने मान्छेहरु जस्तो । तर जब थाकेर बसेँ अनि त आफै सामु पाएँ त्यो प्रेम । तिमीले लिएर आयौ त्यसलाई, साँझमा खोर सम्झिएर आउने कुखुरोको चल्ला जस्तै । कालान्तरमा तिमी मेरो जीन्दगीको सुनसान करिडरमा चुपचाप ओहोरदोहर गर्न थाल्यौ, अनि त्यति नै बेला मैले दिलको दैलो उघारेर भित्रै आउन तिमीलाई अनुमति दिएँ ।
उबेला तिमीले पठाएकी चिठी म कति व्यग्र भएर पढ्थेँ । कति हडबडाउँदै पढ्थेँ, मानौँ म ट्वाइलेट जाने बाहानामा परीक्षा हलबाट बाहिरएर चिढ घोक्दै गरेको विद्यार्थी हुँ, जसलाई शिक्षकले देख्ला की भन्ने पनि डर हुन्छ अनि चिढ पढेर पनि नबुझिएलाकी भन्ने पनि । र पनि त्यसरी पत्रमा पोखिएको तिम्रो एकसरो मन पढ्नुमा निक्कै आनन्द थियो ।तर के गर्नु, एकदिन तिमीलाई हृदयभरि बोकेर यति टाढा आउनुपर्यो म, केही हाम्रै सपनाका खातिर अनि केही पारिवारिक अवस्थाका कारण । याद छ म टाढाको बिरानो देशमा गएर पैसा कमाएर ल्याउँछु नि ल ! भन्दै तिमीसँग विदा मागेको साँझ भक्कानो छोडेर रोएकी थियौ तिमी, त्यतिबेला तिम्रा आँशुहरुले मलाई
त्यतिन्जेलसम्म कहिल्यै नदुखेको ठाउँमा दुखाएथ्यो । फेरी पनि सम्हालिएको थिएँ म ।
तिमी र म पनि महाकवि देवकोटा र फुलमार चुरोट जस्तै एकअर्काका पर्याय भएका थियौँ, छौँ र आशा छ रहिरहनेछौँ पनि । तर यो आशामा पछिल्लो समय भने केही तुवाँलोहरु लागिरहेछ । घुरमैलो भइरहेछन् सम्बन्धहरु पनि । पे्रम भन्नु पनि यस्तै रैछ, त्यो एकथोक बनेर आउँछ अनि सबथोक लिएर जान्छ । यतिबेला तिमीसँगको प्रेमले पनि मेरा सबै सपनाहरुको गुन्टो बेबारिसे असरल्ल फिँजाइदिएर जान खोज्दैछ । मलाई त्यस्तो लागेको हो की, भइरहेछ त्यस्तै, मैले बुझ्नै सकिरहेको छैन । मान्छेहरु भन्छन् तिमी बद्लियौ, तिमी भन्छौ मलाई विश्वास गर । म तिमीलाई विश्वास नगर्न पनि सक्दिनँ, अनि हावा नचली पात हल्लियो होला र भन्ने सोँचेर ती मान्छेहरुको हल्लाहरुमा पनि धेरथोर विश्वास गर्नपुग्छु म । आखिर मनै त हो, कहाँ बुझ्छ र यत्तिकै । हुन त भन्नेहरु शंकाले लंका जलाउँछ भन्छन् तर रावणको लंका शंकाले नभई हनुमानको पुच्छरमा आगो लगाउने दुष्प्रयासको परिणाम हो भन्ने बुझेकोले पनि होला, मलाई मेरो शंकाले त्यस्तो अनिष्ट निम्त्याउँछ जस्तो त्यति लाग्दैन ।
म के सोँच्छु, के भइरहेछ ।
कुन्नी किन यति व्यथा सहिरहेछ । ।
रोक्न खोज्छु तर सक्दिन कसैगरि
जीन्दगी एक तमास कतै गइरहेछ । । ।
(((((((((((((((((((परेवीले ल्याएको चिट्ठी (((((((((((((((((((((((((((((((((((((((((
खै पाप र पुण्यको लेखाजोखा त के पो होला र, कलियुगमा । फेरीपनि चलनचल्तीको भाषा उधारो मागेर भन्दैछु, पाप लाग्ला बाबै...त्यो कलिलो विगत त्यसरी निमोठेर नजानु,।
म यहाँ छु, यति पर..खै कसको हो कसको शहरमा । फेरीपनि तिमी भएतिरै मेरा केही जिप्सी यादहरु छुटेका छन्...यादका भेडाबाख्राहरु धपाउन÷गाईवस्तुहरुलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरुमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु । तिम्रा यादहरु जति नजिक आउँछन् उही पुरानो चिरपरिचित आदिवासी मुस्कान झन्भन् धनात्मक हुँदै अघि बढिरहन्छ । म तिनै मुस्कानहरु सोहोरिरहन्छु मात्रै, एकतमासले । तिमी जतिजति विस्मृत हुन थाल्छ्यौ, पुराना स्मृतिबाट मेरो मनमस्तिष्कमा किस्ताकिस्तामा चुहिन थाल्छ्यौ । नागरिकता र एस.एल.सि.को सर्टिफिकेट भन्दा बढी जतनसँग राखेको छु मैले तिम्रा यादहरु । यादहरु भनेका ट्रान्कुलाइजर जस्तै रैछन्, सम्झिउन्जेल नशाजस्तै । सम्झिन छाडेपछि छटपटी मात्रै । क्यै गरे नी नहुने ।
सोमालियाका जनताले आकाशमा उडिरहेको हेलिकप्टरबाट चामल र चिउराको आश गरेझैँ म पनि तिमीलाई भेट्ने दिनको आशा गरिरहेछु । तिमीलाई अँगालोमा बेर्ने दिनको पर्खाइमा बसिरहेछु, मलाई नकच्चरो नभने । म त मनको कसार घिउसँग खाइरहेछु, तिमीलाई आफ्नो बनाउने सपनाको सँसार ।
तर एउटा कुरा भनौँ, अचेल मेरा साथीहरु घरबार बिग्रिएको आ आफ्नो कहानी सुनाइरहन्छन् मलाई । ती एउटै कहानी बारम्बार सुनिरहँदा बस्तीमा भुइँचालो आउँदा त्यहाँको बासिन्दा हल्लिए जस्तो मेरो मनमा पनि ढ्याङ्ग्रो बज्न थालेको छ । साथीको देखेर ।
अचेल मेरो आफ्नै हृदयको राज्य पनि क्रमश टुक्रिरहेको छ । मनमा तरह तरहका हल्लाहरु मच्चिन थालेका छन् । त्यसो त मन कसैलाई दिइसकेपछि अर्कोलाई दिन सकिँदैन भन्छन्, फेरी पनि डर लाग्छ, कुनै कुनै कुराहरु त पहिलो पटक नै भइदिन्छन् त्यसैले । तिमीप्रति विश्वास नलागेको होईन, कहिलेकाहीँ तेश्रो पक्ष बढी सबल हुँदा जे पनि त हुनसक्छ । जीवन मेरो औसत रुपमा सरल रेखामा कोरिएको गल्लीमा हिँडिरहेको थियो । तर चलेका हल्लाहरु बेग हानेर मनमा पसेपछि वक्ररेखामा मेरो जीवन कुनै भुस्याहा कुकुरझैँ अस्तित्वका तपसिल गल्लीहरुमा भड्कन थाल्यो ।
ग्याब्रियल गार्सिया मार्खेजको उपन्यास, लभ इन द टाइम अफ कोलेरामा एउटा पात्र छ, फ्लोरिन्टिनो अरिजा । उसले फर्मिना दाजा भन्ने केटीलाई खुब माया गर्छ । दाजाले पनि उसलाई मन पराउँछे । तर उसले पैसा र सुरक्षा रोज्छे । र, विवाह गर्छे, धनाढ्य डाक्टरसँग । अरिजा, फर्मिनाको यादमा सँधै तड्पिरहन्छ । उसको याद भुल्ने कोशिशमा केटीहरुसँग श्रृंखलावद्ध रुपमा सम्बन्ध राख्छ । तैपनि उसले दाजालाई भुल्न भने सक्दैन, दाजालाई आफ्नो बनाउने अनेक प्रयास गरिरहन्छ । बुढो भैसकेपछि अन्तत उसले दाजालाई आफ्नो बनाउन सफल हुन्छ । तर दाजालाई आफ्नो बनाउन अथक प्रयत्न गर्ने अरिजा जस्तो छैन म । त्यति धेरै प्रयत्न गर्नसक्ने प्रवृति पनि छैन मेरो त, सामथ्र्य पनि छैन । त्यसैले पनि हिजोआज निक्कै डराइरहेछु म, मैले सजाएको सपना भत्किन्छ कि भनेर ।
अस्तव्यस्त मनलाई उपचार गर्न जति गीत सुन्यो, त्यति नै मन पोखिएर रित्तिन्छ । रित्तो मनले सँसारै फुस्रो र न्यास्रो लाग्दोरहेछ । आँशु कत्ति जाती, हाँस्दा पनि झरिदिन्छ, रुँदा पनि । मलाई थाहा छ, रोएर चाहेको कुरा पाइने भए सँसार आँशुमा उहिल्यै डुबिसक्थ्यो ।
जीन्दगी अलि छिट्टै घर्किन खोजेछ ।
सम्हाल्दा सम्हाल्दै चर्किन खोजेछ । ।
कुनैदिन त ठाउँ थियो कसैको आँखामा
अचेल त्यही आँखाबाट दर्किन खोजेछ । । ।
(((((((((((((((पहिलो झुल्को घाम लाग्यो डाँडामा))))))))))))))))))))
स्रोत : http://www.eutamanchhe.blogspot.com and Mahabir Biswakarma (Bahakine Man)
Download Problem Click Here For Download Manager : Internet Download Manager

CIN मार्फत देशभरिका विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंकका साथै कार्यक्रमको सुरुवातमा बहकाउने स्क्रिप्ट पनि आजदेखि प्रस्तोता महाविर विश्वकर्माबाट प्रस्तुत गर्ने अनुमति प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : वहकिने मन 68th episode 2070-5-10

कार्यक्रम को सुरुवाती स्क्रिप्ट (२०७० भाद्र १०)

0 comments:
Post a Comment